२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियामाथि भारतको लगातार चौंथो जित, सिरिजमा २–० को अग्रता



अ+ अ-

एजेन्सी । टी–२० सिरिजको दोस्रो खेलमा भारतले अष्ट्रेलियालाई ४४ रनले पराजित गरेको छ । अष्ट्रेलियामाथि भारतको टी–२० आईमा यो लगातार चौंथो जित हो ।

यो जितसँगै टोलीले ५ खेलको सिरिजमा २–० को अग्रता बनाएको छ । सिरिजको तेस्रो खेल २८ नोभेम्बरमा गुवाहाटीमा हुनेछ ।तिरुवनन्तपुरममा अष्ट्रेलियाले टस जितेर बलिङ रोजेको थियो । टस हारेर पहिले ब्याटिङ गर्न आएको भारतीय टोलीले २० ओभरमा ४ विकेट गुमाएर २३५ रन बनाएको थियो ।

जवाफमा अष्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९१ रन मात्रै बनाउन सक्यो । भारतका प्रसिद्ध कृष्ण र रवि बिश्नोईले ३र३ विकेट लिए ।

यसअघि भारतका लागि ओपनर यशस्वी जैसवालले ५३ रन, इशान किशनले ५२ रन र ऋतुराज गायकवाडले ५८ रन बनाएर अर्धशतकीय पारी खेलेका थिए ।

अष्ट्रेलियाका बलर नाथन एलिसले ३ विकेट लिए । मार्कस स्टोइनिसले एक विकेट लिए । अष्ट्रेलियाले यो खेलका लागि प्लेइङ इलेभेनमा २ परिवर्तन गरेको थियो । बेहन्डर्फको स्थानमा एडम जाम्पा र आरोन हार्डीको स्थानमा ग्लेन म्याक्सवेल फर्किएका छन् । अर्कोतर्फ, टीम इन्डियामा कुनै परिवर्तन भएको छैन ।