२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उग्र अभिव्यक्ति दिएपछि आचार्य श्रीनिवास पक्राउ



अ+ अ-

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईं नतृत्वको राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानअन्तर्गतको बिरोध प्रदर्शनमा धर्मगुरु आचार्य श्रीनिवास प्रकाउ परेका छन् ।

धर्मगुरुको अगुवाईमा गौशालामा भएको आन्दोलनमा उग्र अभिव्यक्ति दिएपछि आचार्य श्रीनिवास प्रकाउ परेका हुन् ।

भिडलाई उग्र बनाएर सडक अबरुद्ध पार्न खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

यसअघि पनि व्यवसायी प्रसाईंले ललितपुरस्थित बल्खु र काठमाडौंको सिफल चौरमा बिरोध प्रदर्शन गरेका थिए । मंसिर ७ गतेदेखि प्रसाईंले काठमाडौंकेन्द्रीत आन्दोलन गरिरहेका छन् ।

गौशालाको मुल सडक कब्जा गर्दै आन्दोलन शुरू गरेपछि केही समय नेपाल प्रहरी र प्रसाईं समर्थकबीच झडपको स्थिति सिर्जना भएको थियो ।