२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजिप्टले सन् २०२८ सम्ममा वार्षिक ३ मिलियन चिनियाँ पर्यटक भित्र्याउने



अ+ अ-

एजेन्सी । इजिप्टले चिनियाँ पर्यटन बजारमा आफ्नो हिस्सा बढाउने देशको महत्वाकांक्षी रणनीतिको एक भागको रूपमा २०२८ सम्ममा वार्षिक ३ मिलियन चिनियाँ पर्यटकहरू आकर्षित गर्ने लक्ष्य बनाएको छ ।

इजिप्टका पर्यटन तथा पुरातात्विक मन्त्री अहमद इसाले यसबारे जानकारी गराउनुभएको हो । इजिप्टमा हाल प्रति हप्ता ४ हजारदेखि ५ हजार चिनियाँ पर्यटक आउने गर्दछन् । चिनियाँ आगन्तुकहरूको बढ्दो संख्यालाई व्यवस्थापन गर्न थप उडान र होटल कोठा आवश्यक पर्ने इसाले बताउनु भयो ।

कोभिड–१९ महामारीको प्रकोपअघि २०१९ मा चीनमा १५ करोड विदेशी पर्यटक थिए । इस्साकाअनुसार इजिप्टले सन् २ हजारमा विदेशी पर्यटकको संख्या रेकर्ड गर्न थालेदेखि एकै वर्षमा चिनियाँ पर्यटकको संख्या ३ लाख नाघेको छैन ।

इसाले इजिप्टमा चिनियाँ पर्यटकको थप वृद्धि इजिप्टको पर्यटन मन्त्रालय र चिनियाँ समकक्षीका साथै चिनियाँ लगानीकर्ता र टुर अपरेटरहरूबीचको सहकार्यबाट हासिल गर्न सकिने बताउनु भयो ।

आधिकारिक तथ्याङ्कले देखाउँछ कि इजिप्टमा पर्यटक संख्या २०१९ मा १ करोड ३० लाखबाट २०२० मा ३.७ मिलियनमा झरेको थियो । जुन २०२१ मा क्रमश: ८० लाखमा पुग्यो र २०२२ मा बढेर ११.७ मिलियनमा पुगेको थियो ।