२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपामा पदाधिकारी चयन: स्वर्णिम उपसभापति ,सहमहामन्त्रीमा कविन्द्र, सुमना र विपिन



अ+ अ-

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ ।

महोत्तरीमा जारी बैठकले वाग्लेलाई उपसभापति चयन गरेको हो । यसअघि उपसभापति रहेका डिपी अर्याल रहनु भएको थियो । रास्वपाको बिधानमा दुई उपसभापतिको व्यवस्था गरिएको छ ।पार्टीको मर्यादाक्रममा अर्याललाई अगाडी राखिएको छ ।

बैठकले अन्य पदाधिकारीको समेत चयन गरेको छ । महामन्त्रीमा मुकुल ढकाल कायम राखिएको छ भने सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन् । पार्टी कोषाध्यक्ष लिमा अधिकारी सह(कोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरालाई तोकिएको छ ।

सहप्रवक्ताको जिम्मेवारी मनिष झा, प्रतिभा रावल, रमेश प्रसाईलाई दिईएको छ । बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र प्रमुख सचेतकमा सन्तोष परियार लाई निरन्तरता दिईएको छ ।

 

 

 




भर्खरै