२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

झोलामा बोकेर हिँड्न मिल्ने विद्युतीय बाइक



अ+ अ-

एजेन्सी । सूचना प्रविधि क्षेत्रमा दैनिक नयाँ विकास भइरहेको छ । यस्ता विकासले नयाँ पुस्तालाई आकर्षित गर्ने गरेको छ । हालै जापानका अनुसन्धाताले एक विद्युतीय बाइक बनाएका छन् ।

उक्त बाइक अरु बाइकका तुलनामा भने फरक छ । अनुसन्धाताको एक टिमले पट्याएर भिर्ने झोलामा राख्न मिल्ने बाइक बनाएका हुन् ।

पोर्टेबल यान्ड इन्फ्लेटेबल मोबिलिटी (पोइमो) नाम राखिएको उक्त विद्युतीय बाइक टोकियो विश्वविद्यालयको एक अनुसन्धान टोलीले बनाएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनीहरूले लामो समयदेखि छोटो र मध्यम दूरीको यातायात प्रभावकारी बनाउन प्रयत्न गरिरहेका थिए ।

उक्त विद्युतीय बाइक कतिपय ठाउँमा झोलाबाट निकालेर त्यसमा चढेर यात्रा गर्न मिल्छ भने सार्वजनिक यातायातमा उभिँदा झोलामा राखेर समेत यात्रा गर्न मिल्छ ।

समाचारका अनुसार बाइकमा एउटा सानो विद्युतीय पम्प पनि राखिएको छ, जसले यसको फ्रेमलाई एक मिनेटमा फुलाएर बस्न मिल्ने बनाउँछ ।

बाइकमा रबरका दुई जोडी पाङ्ग्रा जोडिएको छ भने सानो विद्युतीय मोटर पनि जडान गरिएको छ । त्यस्तै यो बाइकमा वायरलेस नियन्त्रक पनि समावेश छ ।

अहिले यो बाइकको तौल साढे ५ किलो भएको र अनुसन्धाता टोलीले अझै हलुका बाइक निर्माण गर्ने बताइएको छ ।




भर्खरै