२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० सिरीजको तेस्रो खेलमा अष्ट्रेलियासँग हारेको भारतले टिममा गर्नसक्छ यी परिवर्तन



अ+ अ-

एजेन्सी । भारत र अष्ट्रेलियाबीचको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजको चौथो खेल भोलि रायपुरमा हुँदैछ । रायपुरको सहीद वीर नारायण सिंह मैदानमा हुन लागेको खेल नेपाली समयअनुसार बेलुकाको ७:१५ बजेबाट सुरु हुदैछ ।

सूर्यकुमार यादवको कप्तानीमा रहेको भारतीय टोली अष्ट्रेलियाविरुद्धको पाँच खेलको शृङ्खलामा २–१ ले अगाडि छ । यदि टीम इन्डियाले चौथो टी-२० खेल जित्यो भने सिरीज जित्नेछ । टीम इन्डियासँग अष्ट्रेलियाविरुद्धको टी–२० सिरिज जितेर २०२३ विश्वकपको फाइनलमा भएको हारको बदला लिने मौका छ । तेस्रो टी–२० खेलमा भारत अष्ट्रेलियासँग पराजित भएको थियो । यस्तो अवस्थामा चौथो टी–२० खेलका लागि टीम इन्डियाको प्लेइङ इलेभेनमा ठूलो परिवर्तन हुनसक्छ ।

ओपनिंग कम्बिनेसन

भारतका ऋतुराज गायकवाड र यशस्वी जैसवालको जोडी निकै खतरनाक छ । यी दुबै ब्याट्सम्यान पावर प्लेमा रन बनाउन माहिर छन् । तेस्रो टी–२० म्याचमा रुतुराज गायकवाडले टी–२० क्रिकेटमा उत्कृष्ट शतक बनाएका थिए । उनका शतकका बाबजुत पनि टीम इन्डियाले हार बेहोर्नुपरेको थियो । चौथो टी–२० खेलमा पनि यशस्वी जैसवाल र ऋतुराज गायकवाडले ओपनिङ गर्न सक्नेछन् । यशस्वी जैसवाल र ऋतुराज गायकवाड एकै क्षणमा खेल परिवर्तन गर्न माहिर छन् ।

मिडिल अर्डर

चौथो टी–२० खेलमा विकेटकिपर ब्याट्सम्यान इशान किशनले तेस्रो नम्बरमा ब्याटिङ गर्न सक्छन् । श्रेयस अय्यर चौथो नम्बरमा ब्याटिङमा आउन सक्छन्। यस्तो अवस्थामा तिलक वर्माले प्लेइङ इलेभेनबाट बाहिर बस्नु पर्ने हुनसक्छ । कप्तान सूर्यकुमार यादव ५ नम्बरमा ब्याटिङ गर्न आउन सक्छन् । भारतीय टिम व्यवस्थापनले फिनिशर रिंकु सिंहलाई प्लेइङ इलेभेनमा ६ नम्बरमा ब्याटिङ गर्ने मौका दिन सक्नेछ ।

अलराउन्डर

अष्ट्रेलियाविरुद्धको चौथो टी–२० खेलमा अलराउन्डर वासिङ्टन सुन्दरलाई ७ नम्बरमा ब्याटिङ गर्ने मौका दिइनेछ । वासिङ्टन सुन्दरले अफ स्पिन बलिङबाट ब्याटिङमा टीम इन्डियालाई बलियो बनाउनेछन् । यदि वासिङ्टन सुन्दर खेले भने अक्षर पटेल प्लेइङ इलेभेनबाट बाहिर बस्नुपर्ने हुनसक्छ ।

बलिङ

लेग स्पिनर रवि बिश्नोईलाई स्पिन बलिङमा समावेश गर्न सकिन्छ। अष्ट्रेलियाका लागि रवि बिश्नोई सबैभन्दा ठूलो खतरा साबित हुनसक्छन् । कप्तान सूर्यकुमार यादवले फास्ट बलरमा प्रसिद्ध कृष्ण, आवेश खान र दीपक चाहरलाई मौका दिनेछन् । फास्ट बलर अर्शदीप सिंह प्लेइङ इलेभेनबाट बाहिरिने सम्भावना रहेको छ ।

चौथो टी–२० खेलका लागि भारतको सम्भावित प्लेइङ इलेभेन

रुतुराज गायकवाड, यशस्वी जैसवाल, इशान किशन (विकेटकीपर), श्रेयस अय्यर, सूर्यकुमार यादव (कप्तान), रिंकु सिंह, वाशिंगटन सुन्दर, दीपक चाहर, रवि बिश्नोई, आवेश खान र प्रशिद कृष्ण।