२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

रणवीर कपुरको ‘एनिमल’को सिक्वेल बन्ने !



अ+ अ-

एजेन्सी । रणबीर कपुरको बहुप्रतिक्षित फिल्म ‘एनिमल’ आज डिसेम्बर १ तारिखबाट सिनेमाघरमा रिलिज भएको छ । ए रेटिङ, २०३ मिनेटको रन टाइम (अर्थात् ३ घण्टा २३ मिनेट)को फिल्मले निकै उत्साह पैदा गरेको छ । फिल्मलाई लिएर दर्शकमा निकै उत्साह छ र यो हेर्दा फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्ने अपेक्षा गरिएको छ ।

फिल्मको ट्रेलर, टिजरले दर्शकलाई आफ्नो भिजुअलले उत्साहित बनाएको थियो भने अब फिल्म रिलिजसँगै दर्शकले चकित पार्ने यस्ता धेरै दृश्य, भिजुअल, एक्सन र ड्रामा हेर्न पाउनेछन् ।

एनिमलको रिलिजसँगै फिल्मको सिक्वेल बन्ने अनुमान गर्न सकिन्छ । एनिमलको अन्त्यमा नयाँ द्वन्द्व सुरु हुन्छ । यति मात्र होइन, एनिमलको सिक्वेलको टाइटल पनि सार्वजनिक भएको छ । र एनिमलको सिक्वेलको शीर्षक ‘एनिमल पार्क’ बताइएको छ ।

एनिमलको आधिकारिक सोशल मिडिया ह्यान्डलले एउटा पोस्ट गरेको थियो जसमा भनिएको थियो, ‘एनिमलको पोस्ट–क्रेडिट दृश्य नछुटाउनुहोस् ।’ सम्भवतः यो सुनिश्चित गर्न को लागी हो कि दर्शकहरूले त्यो यादगार दृश्य देख्छन् जसले अर्को भागको बारेमा संकेत गर्दछ ।

एनिमलमा रणवीर कपूर बाहेक अनिल कपुर, बबी देओल र रश्मिका मन्दानाको पनि अभिनय रहेको छ । यो सन्दीप रेड्डी वांगा द्वारा निर्देशित फिल्मले आफ्नो बुबाको हत्या प्रयासको बदला लिने एक पागल छोराको कथा बताउँछ ।