२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको राजनीतिमा विदेशी शक्तिको चलखेल बढ्यो: मन्त्री लिम्बू



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपालको राजनीतिमा विदेशी शक्तिको चलखेल बढीरहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा भएको राष्ट्रिय युवा नीति बहस सम्बन्धी राष्ट्रिय कार्यशालामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विदेशी शक्तिका कारण देशमा अस्थिरता भएको बताउनु भयो । उहाँले राजनीतिक क्षेत्र अस्थिर हुँदा देशमा विकास हुन नसक्ने बताउनु भयो ।

उहाँले राजनीति किन गर्ने ? के पाइन्छ ? भन्ने खालको प्रश्न युवाहरुले गर्ने गरेको भन्दै अब राम्रोका लागि दबाब सिर्जना गर्ने र राम्रोका लागि सुझाव दिनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले अबको नीति अग्रज, युवा र भावि पुस्तालाई जोड्ने गरी निर्माण हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले नेपालको राजनीति देशी, विदेशी शक्तिले हल्लाइरहेको छ । अस्थिरता बनाइरहेको छ । जहाँ राजनीतिक क्षेत्र अस्थिर भयो भने देशमा विकास हुन सक्दैन । राजनीति किन गर्ने ? के पाइन्छ ? भन्ने खालको प्रश्न युवा साथीहरुले गरेको सुनिन्छ । राजनीतिले के दिन्छ ? भनेर प्रश्न गरेर पछाढि लाग्ने भन्दा पनि अब राम्रो गर्नुपर्छ । राम्रोका लागि दबाब सिर्जना गर्ने, राम्रोका लागि सुझाव दिनुपर्छ । राजनीति भनेको मुल नीति हो । राजनीति एउटा दर्शन हो । यसलाई राम्रोसँग अघि बढाउने कुरामा सबैले सक्रिय सहभागिता जनाउन जरुरी छ । अग्रज, अहिलेको पिढी र भविष्यका पिढीहरुलाई जोड्ने ढंगबाट नीति निर्माण गर्नसके निश्चिय नै नेपाललाई विकासित बनाउन सक्छौँ ।’

मन्त्री लिम्बूले युवाहरुले आगामी दिनलाई उज्यालो बनाउन कसरी सकिन्छ भन्नेकुरामा जोड दिँदै नैराश्यता त्यागेर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले राजनीतिक क्षेत्रलाई सधैँ नकारात्मक दृष्टिकोणबाट नहेरी सुझाव र सुधार गर्दै अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले सार्वजनिक बिदाको व्यवस्थापनमा सरकारबाट युवा पुस्ताले चाहेको कुरा आफूले सुझाव लिन चाहेको बताउनु भयो ।