२१ असार २०८३, आईतवार
,
Latest
अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी जनशक्ति अभावले बैतडीको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनविहीन सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको झुलाघाट-चिवाभञ्ज्याङ्ग सङ्कल्प यात्रा’को तेस्रो दिन आज यात्रा टोली अछाम जाने



अ+ अ-

दिपायल । नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित ‘झुलाघाट(चिवाभञ्ज्याङ्ग सङ्कल्प यात्रा’को तेस्रो दिन आज यात्रा टोली अछाम जादै छ ।

शुक्रबार डोटीको सिलगढीमा बास बसेको टोली सिलगढीबाट अछामतर्फ लाग्ने प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीबासिन्दाहरुसँग अन्तरक्रिया गर्दै टोली अघि बढ्ने छ । बिहानको खाना साँफेबगरमा खाएर साँझको बास अछामको मङ्गलसेनमा हुने प्रमुख गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार चौखुट्टे,साँफेबगर र बयलपाटामा स्थानीय बासिन्दा,पार्टी कार्यकर्ताहरूसँग भेटघाट हुनेछ । दिउँसो मङ्गलसेनमा आमसभाको तयारी रहेको छ ।

टोलीले आज १०५ किलोमिटर यात्रा गर्ने छ । शुक्रवार टोलीले ७० किलोमिटर यात्रा गरेको थियो । मध्यपहाडको विकास र समृद्धिका लागि एमालेले मध्यपहाडी राजमार्गका २६ वटा जिल्लामा झुलाघाट –चिवाभञ्ज्याङ समृद्धिका सङ्कल्प यात्रा गरेको हो ।




भर्खरै