२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँचल र प्रशान्त अभिनित चलचित्र हिटम्यानको पोस्टर र टिजर सार्वजनिक



अ+ अ-

काठमाडौँ । नेपाली फिल्मलाई विश्ववयापी रिलिज गर्ने उद्देश्यसहित बनाइएको इण्डो नेपाली फिल्म हिटम्यानको पोस्टर र टिजर सार्वजनिक गरिएको छ ।

नेपालका लोकप्रिय कलाकार एवं दक्षिण भारतीय– तेलगु फिल्मका प्राविधिकहरुको सहकार्यमा निर्मित यस फिल्ममा आँचल शर्मा, बिष्णु अधिकारी, प्रशान्त ताम्राकार मुख्य भुमिकामा छन् । फिल्मलाई नेपालसहित भारत र प्रसिद्ध ओटिटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा समेत प्रदर्शन गर्ने बताइएको छ ।

पोस्टर रिलिज कार्यक्रममा अमेजन प्राइम भिडियोको तर्फबाट भेन्डरपार्टनर बनेर आएका प्रतिनिधि राजिभ थसभतापलीको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै अभिनेत्री शर्माले ट्रेलरमा आफूहरुको प्रश्तुति समेटेर आउनेमा आशावादी रहेको बताउनु भयो । त्यस्तै अभिनेता प्रशान्त ताम्राकारले एउटा इण्डस्ट्रीमा काम गर्दैगर्दा अर्को इण्डस्ट्रीमा काम गर्ने अवसर पाउनु ठूलो कुरा रहेको बताउनु भयो ।

फिल्म विभिन्न ५ देशमा छायांकन गरिएको थियो । दीपक अधिकारी निर्माता रहेको फिल्ममा साउथका चर्चित सङ्गीतकार मन्त्र आनन्द, सम्पादक बि नागेश्वर रेडीले सहकार्य गरेका छन् । फिल्म आउदो फेब्रुअरी महिनामा एक साथ विश्ववयापी रिलिज गरिने बताइएको छ ।