२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकी बन्धक रिहाइका लागि युद्ध आवश्यक छ: इजरायलका प्रधानमन्त्री नेतान्याहु



इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु
अ+ अ-

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमाससँगको युद्धविराममा वार्ता सकिएपछि पनि बाँकी बन्धक रिहाइका लागि युद्ध आवश्यक भएको बताउनुभएको छ ।

उहाँले कतारमा भएको युद्धविरामको वार्ताबाट आफ्नो टोलीलाई बाहिर निकालेपछि इजरायलको घातक भूमि कारबाही जारी नराखि गाजामा बन्धकहरूलाई मुक्त गर्न असम्भव नहुने बताउनु भयो ।

शुक्रवार सात दिने युद्धविराम समाप्त हुनुअघि २४ विदेशी नागरिकहरूसहित ११०बन्धकहरूलाई रिहा गरिएको थियो । नेतन्याहुकाअनुसार गाजामा हमास र अन्य लडाकुहरूले लगभग १३५ जना अझै पनि बन्दी बनाएका छन् । उनले इजरायली रक्षा बल (आईडीएफ) लाई तिब्रताका साथ लडाई शुरु गर्न निर्देशन दिएको बताउनु भयो । इजरायलले युद्धग्रस्त गाजा पट्टीमा अक्टोबर ७ यता करिव एक लाख बम र रकेट आक्रमण गरेको हमासद्वारा सञ्चालित सरकारले जनाएको छ ।

गाजामा रहेको स्वास्थ्य मन्त्रालयकाअनुसार द्वन्द्व शुरु भएदेखि गाजामा कुल १५ हजार २ सय मानिस मारिएका छन् । जसमध्ये ७५ प्रतिशत बालबालिका, महिला र वृद्धहरू छन् ।