२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् ‘सीआईडी’का अफिसर फ्रेडरिक्स



अ+ अ-

एजेन्सी । ‘सीआईडी’का चर्चित अभिनेता दिनेश फडनीस अका अफिसर फ्रेडरिक्सको निधन भएको छ ।

सोनी टिभीको लोकप्रिय क्राइम शो ‘सीआईडी’ को चर्चित पात्र निभाएका दिनेशको सोमबार राति १२:०८ बजे कान्दिवलीको थुंगा अस्पतालमा निधन भएको हो ।

दिनेश फडणीसको मल्टिपल अर्गन फेलियरका कारण निधन भएको एविपी न्यूजले लेखेको छ । ५७ वर्षको उमेरमा निधन भएका दिनेश धेरै समय देखि कलेजो, मुटु र मृगौलाको समस्याबाट पीडित रहेका थिए।

दिनेश  नोभेम्बर ३० मा कान्दिवलीको थुंगा अस्पतालमा भर्ना भएका थिए । उनको अन्तिम संस्कार बोरिवलीको दौलत नगर श्मशान स्थलमा गरिने छ ।

बीस वर्षभन्दा बढी समयसम्म, दिनेश फ्रेडरिक्स उर्फ ​​फ्रेडीको रूपमा ‘सीआईडी’को हिस्सा थिए। ‘सीआईडी’मा कामको साथसाथै, दिनेशले हिट टिभी शो ‘तारक मेहता का उल्टा चश्मा’ मा पनि छोटो उपस्थिति देखाएका थिए । उनले ‘सरफरोश’ र ‘सुपर ३०’ लगायतका फिल्महरूमा पनि सपोर्टिङ पार्टमा खेलेका थिए।