काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ घटेको छ । सुनको भाउ तोलामा रु ४ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु ८५ हजार ६ सय कायम भएको छ ।
हिजो (मंगलबार) तोलामा रु ८६ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मुल्य पनि तोलामा रु ८५ हजार १ सय ५० कायम भएको छ ।
यता चाँदी भने तोलामा रु ११९५ मा कारोबार भएको महासंघले जनाएको छ ।







