२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ एसिया कप: नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । यू १९ एसिया कप अन्तरगतको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ । दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा अलआउट हुदै १५२ रन बनायो ।

नेपालको लागि उत्तम थापा मगरले अर्धशतकिय ईनिङ खेले । उनले ७६ बलमा तीन चौका र २ छक्का हिर्काउदै ५१ रन बनाए । दिपेश कडेँल ३१ रन बनाए । उनले छैटौं विकेटका लागि उत्तम थापामगरसँग ६८ रनको साझेदारी गरे। यस्तै अर्जुन कुमालले तीन चौकासहित २१ रन बनाए । यी बाहेक नेपालका अन्य कुनैपनि खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका तिलक भण्डारी ७, आकाश त्रिपाठि ६, गुलशन झा १ र कप्तान देव खनाल शुन्य रनमा आउट भए ।

पाकिस्तानको लागि मोहम्मद जिसानले ९.२ ओभरमा एक मेडनसहित १९ रन खर्चेर सर्वाधिक ६ विकेट लिए । अमिर हसनले १० ओभरमा २ मेडनसहित १५ रन खर्चेर दई विकेट लिदा उबेद शाह र अलि अस्फान्दले समान एक एक विकेट लिए ।




भर्खरै