२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौद्रिक नीतिको समिक्षाले माघ महिनासम्म कर्जाको ब्याजदर घटाउँछः उपाध्यक्ष कोईराला



अ+ अ-

काठमाडौँ । नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोईरालाले मौद्रिक नीतिको समिक्षा अर्थतन्त्र चलायमान बनाउने किसिमले आएको बताउनुभएको छ ।

शुक्रवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०÷०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षाका विषयमा प्रतिक्रिया दिँदै उपाध्यक्ष कोईरालाले यस्तो बताउनु भयो । उहाँले घरजग्गा कर्जा र शेयर कर्जाको जोखिम भार १५० बाट १२५ मा झार्ने र आवासीय कर्जामा पनि परिमार्जन भएकाले बैंकहरुले पनि बिस्तारै कर्जा प्रवाह बढ्ने बताउनु भयो ।

उहाँले मौद्रिक नीतिको समिक्षाले आगामी पुस महिनादेखि अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने देखिएको दाबी गर्नुभयो । उहाँले मौद्रिक नीतिमार्फत नीतिगत दर घटाउँदा निक्षेपको ब्यादर घटाउनुपर्ने बैंकहरुलाई दबाब सिर्जना भएको बताउनु भयो । उपाध्यक्ष कोईरालाले बैंकहरुको कर्जाको ब्याजदर पनि घट्दै जाने अवस्था देखिएको बताउनु भयो । उहाँले बैंकको निक्षेपको ब्याजदर घट्दा कर्जाको पनि ब्याजदर घट्दा ऋणीहरुलाई सहज हुने बताउनु भयो । उहाँले बैंकहरुले राष्ट्र बैंकले तोकेको दरमा ब्याजदर घटाउँदै लैजाने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा अर्थतन्त्रलाई चलायमान बनाउने किसिमको आएको छ । घरजग्गा कर्जा र शेयर कर्जाको जोखिम भार १५० बाट १२५मा झार्ने र आवासीय कर्जामा पनि परिमार्जन हुँदा बैंकहरुले विस्तारै कर्जा प्रवाह गर्ने अवस्था भएको छ । त्यसले आगामी पुस महिनादेखि अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्छ । मौद्रिक नीति मार्फत नीतिगत दर घटाउँदा निक्षेपको ब्याजदर घटाउन दबाब पर्छ । त्यसले कर्जाको ब्याजदरमा पनि घट्दै जान्छ ।

त्यसले ऋणीहरुलाई पनि सहुलियत हुने अवस्था आउँछ । बैंकहरुले राष्ट्र बैंकले तोकेको दरमा ब्याजदर घटाउँदै लैजान्छन् । बैंकहरुले हेरक महिनामा ब्याजदर परिवर्तन गर्न पाउने नयाँ नियमले सहज गराएको छ । त्यसले बेस रेट घट्छ । माघमा बैंकहरुले ब्याजदर परिर्वतन गर्दा कर्जाको ब्याजदर घट्ने देखिन्छ । अहिले बजारमा आशा कम भएको जस्तो लागेको हो । तर अब चाडपर्व भर्खरै सकिएका छन् । त्यसैले अब लचिलो मौद्रिक नीतिको समिक्षा आउँदा माग पनि बढेर जाने देखिन्छ ।’

उहाँले माघ महिनामा बैंकहरुले ब्याजदर परिर्वतन गर्दा कर्जाको ब्याजदर घट्न दाबी गर्नुभयो । उहाँले चाडपर्व भर्खरै सकिएको भन्दै लचिलो मौद्रिक नीतिको समिक्षा आएकाले माग समेत वृद्धि हुँदै जाने जिकिर गर्नुभयो ।