२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कहिले सुरु हुनेछ आईपीएल ?



अ+ अ-

एजेन्सी । वुमन्स प्रिमियर लिग (डब्लुपीएल) को लिलामी शनिबार मुम्बईमा आयोजना गरिएको थियो । यस अवसरमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का सचिव जय शाहले इन्डियन प्रिमियर लिग (आईपीएल) बारे कुरा गरे ।

शाहले आईपीएल मार्च २०२४ को अन्त्यमा सुरु भई मेको अन्तिम साता वा जुनको पहिलो साता समाप्त हुने पुष्टि गरेका छन् ।

बीसीसीआईका अनुसार आईपीएलको लिलामी डिसेम्बर १९ मा दुबईमा हुनेछ, जसका लागि कुल ११६६ खेलाडीले आफूलाई दर्ता गरेका छन् ।

यो लिलामी पहिलो पटक भारतबाहिर हुनेछ । १० टोली मिलेर २६२.९५ करोड रुपैयाँ खर्च गर्नेछन् र ११६६ खेलाडीमा बाजी मार्नेछन् । कुल ७७ स्लट भरिनेछ, जसमा ३० विदेशी खेलाडीहरू समावेश हुनेछन् ।