२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर मेयर कप: एलेक्स र अंकितालाई स्वर्ण



अ+ अ-

ललितपुर । वडा ७ का एलेक्स महर्जन र वडा १६ की अंकिता वज्राचार्यले पाँचौं ललितपुर महानगरपालिका मेयर कप अन्तरवडा रात्रिकालिन टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् ।

सिंगल्सको पुरुषमा एलेक्स तथा महिलामा अंकिता च्याम्पियन बनेका हुन् । दुवै समान ३–२ को सेटमा विजयी भए ।

पुरुष फाइनलमा एलेक्सले वडा १४ का रितिज जोशीलाई ८–११, ११–९, ११–८, ७–११ र ११–९ को सेटमा पराजित गरे । गल्र्सको फाइनलमा अंकिताले वडा ८ की सुरम्य शाक्यलाई ११–९, ८–११, ९–११, ११–९ र ११–९ को सेटमा हराइन् ।

विजेतालाई बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा विभिन्न १६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।