२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चैत्र १६ गते सोमबार, यी राशिहुनेहरुलाई आजकोे दिन एकदमै राम्रो ! हेरौं दैनिक राशिफल



अ+ अ-

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): शुभ समाचार सुन्न पाईएला । गफैको भरमा काम बन्न सक्छ । कला र गलाको प्रभाव बढ्नेछ । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): आज प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत पनि बढ्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): आज नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शत्रु पनि क्षय होलान् ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): आज सानातिना समस्यामा अल्झिनुपर्नेछ । वैदेशिक कार्यमा बाधा आउनेछ । प्रेममा मनमुटाव पनि आउन सक्छ, तर धन हात पर्न सक्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): आफन्त एवं इष्टमित्रसँग भेटघाट होला । कामविशेषले टाढिएका परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ, तर एक्लैले विभिन्न जिम्मेवारी निर्वाह गर्नुपर्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): मनमा निरासा र शरीरमा आलस्य आउला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आँटेको कार्यमा बाधा आउनसक्छ, तर साँझमा मन प्रसन्न रहनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । चिताएको कामले तीव्रता लिनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): आज अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो र रोमाञ्चक यात्रा पनि होला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । पारिवार संग रमाइलो भेटघाट रहला । लाभदायक यात्रा हुनेछ र नयाँ कार्यको योजना बन्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): शुभारम्भको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्,तर खानपिनमा ध्यानदिनुहोला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने र सफल यात्रा गर्नुपर्नेछ । सामाजिक काममा सफलता प्राप्त हुनेछ, तर चोटपटकको भय छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): आज आफन्तसङ्ग भेटघाट हुने र सहयोग पाईनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । साहित्यिक क्षेत्रमा रुची पनि बढ्नेछ । हाम्रो पात्रो