२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोट घुयलनेटाका भूकम्पपीडितमा झाडापखाला



file photo
अ+ अ-

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–१ घुयलनेटा गाउँमा झाडापखालाको सङ्क्रमण देखिएको छ । त्रिपालमा बस्दै आएका ५० बढी भूकम्पपीडितलाई झाडापखाला देखिएको हो ।

भूकम्पपछि त्रिपालमा बस्दै आएका पीडितलाई दुईरतीन दिनयता पखालाले सताइरहेको वडा सदस्य नैनबहादुर विकले बताउनुभयो । “गाउँका धेरैलाई पखालाले थला पारेको छ । बालबालिका र वृद्धावृद्ध बढी जोखिममा छन्”, उहाँले भन्नुभयो, “उपचारका लागि खबर गर्दा अहिलेसम्म कोही पनि आएका छैनन् । घर घरमै बिरामी छन् ।”

घुयलनेटाका साथै डौरीकाँडा, भुनलगायत गाउँमा पनि पखालाका बिरामी देखा परेका छन् । एक सय बढी घरधुरी रहेका ती गाउँमा चिसोले गर्दा पखाला, टाउको दुख्ने, बान्ता आउनेलगायतका समस्या देखिन थालेको स्थानीयले बताएका छन् ।

स्थानीय धर्मशिला विकले आफू दुई दिनदेखि पखालाले थला परेको बताउनुभयो । पटकपटक पातलो दिसा लाग्ने, टाउको दुख्ने, वान्ता हुने, मुटु दुख्ने, चक्कर लाग्नुका साथै श्वासप्रश्वासमा पनि समस्या हुन थालेको उहाँको भनाइ थियो ।

“छ वर्षको छोरालाई पनि पखाला लागेको छ । गाउँमा बिरामी नहुने कोही पनि छैनन् । रुघाखोकी त यो चिसोमा सबैका लागि सामान्य नै भइसकेको छ”, विकले भन्नुभयो, “नजिक स्वास्थ्य संस्था पनि छैनन् । निकै गाह्रो भइरहेको छ ।”

गाउँमा धेरै बिरामी भएको खबर सुनेपछि वडा नं १ को पिपेमा रहेको स्वास्थ्य केन्द्र र नगर स्वास्थ्य शाखामा खबर गरे पनि उपचारका लागि गाउँमा कोही नआएको वडा सदस्य नैनबहादुरले बताउनुभयो ।

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा प्रतिक्षा भारतीले दिउँसो २ बजेपछि घुयलनेटा गाउँमा झाडापखाला तथा वान्ताले धेरैलाई बिरामी पारेको खबर आएको बताउनुभयो । “अलि विकट ठाउँ भएको र अबेला खबर पाएकाले बुधबार जान सकिएन”, उहाँले भन्नुभयो ।

आज औषधि र स्वास्थ्यकर्मीसहितको टोली लिएर प्रभावित क्षेत्रतर्फ जाने भारतीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बिरामी भएको सुनेको छौँ । चिसो र खानपान नमिल्दा ‘कोल्ड डायरिया’९चिसोका कारण हुने झाडापखाला० को समस्या भएको हुन सक्छ । त्यहाँ पुगेपछि मात्र कति बिरामी रहेछन् र के भएको रहेछ जानकारी हुन्छ ।”

जिल्लाका विभिन्न ठाउँमा पखाला, निमोनिया र स्वासप्रश्वाससम्बन्धी रोगका बिरामी बढ्दै गएका छन् । रासस