२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष ओलीको जन्मघरमा जाँदा यस्तो देखियो – फोटोफिचर



अ+ अ-

काठमाडौँ । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले उजाड बन्दै गएको गाउँलाई रहर र आशा लाग्दो बनाउने महाअभियानमा एमाले रहेको बताउनु भएको छ ।

विकास र सेवासुबिधा सहरतर्फ केन्द्रित हुँदा गाउँ उजाड बन्दै गएको बेला अध्यक्ष ओलीले बढ्दो बसाइसराई रोक्न एक मात्र विकल्प गाउँको विकास अपरिहार्य भएको बताउनु भएको छ ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको १६ औँ आफ्नो जन्मघर तेह्रथुममा पुग्नु भएका अध्यक्ष ओलीले आफ्ना बालसखासँग कुराकानी गर्दै गाउँको विकास र समृद्धि सृजना गर्न एमालेले मिसन ८४ अभियान सुरु गरेको बताउनु भयो ।

बालसखासँगको छोटो भेटघाटमा उनीहरुले मन फुकाएर कुरा गरेका गिए । उहाँहरू मध्ये आफूले गाउँमा व्यवसायिक कृषि सुरु गरेको तर बजार अभाव भएकाले उत्पादित बस्तु खेर गएको गुनासो सुनाउनु भयो ।

ओली गाउँमा पुग्दा एक बालसाखले भिडियो कल गर्नुभयो र गाउँमा बस्ने वातावरण नभएका गुनासो गर्नुभयो । ‘त्यहाँ सुनसान छ, कोही छैन अप्ठेरो छ’, उहाँले गुनासो गर्नुभयो । केपी ओलीको पहलमा गाउँमा बाटो पुगेको तथा प्राविधिक शिक्षालय बनेकोमा भने उहाँले खुसी व्यक्त गर्नुभयो ।

आफू जन्मिएको ठाउँ बनाएको भन्दै उहाँले ओलीको प्रशंसा गर्नुभयो । ओलीले आफ्नो घर जग्गा र छिमेकीको समेत किनेर प्राविधिक शिक्षालयलाई दान दिनुभएको छ, जहाँ प्राविधिक विषयका विद्यार्थी पढिरहेका छन् ।

गाउँ सुनसान भएको भन्दै फोन गर्ने साथीलाई ओलीले गाउँमा मानिस आउने र कृषि कर्मको वातावरण बनाउने योजना आफूले बनाइरहेको बताउनुभयो । ‘म योजना गर्दै छु, मान्छे आउने खालको योजना, कसरी कृषि गर्ने, यो खालको कृषिको योजना गर्दै छु’, ओलीले उहाँलाई आश्वस्त पार्नुभयो ।

उहाँले भिडियो कल गर्दा गर्दै अर्का बालसखाले ६ सय एभोकार्डो र ११ सय बोट कागती लगाएको ओलीलाई सुनाउनुभयो । ओलीले उहाँलाई तपाईहरुको कृषि क्रान्ति मन पर्यो यसलाई अझ व्यवसायिक हिसावले अघि बढाउनुस साथमा एमाले छ भन्दै आश्वस्त पार्नुभयो ।