२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लवसँग भएको तीन बुँदे सम्झौता कार्यन्वयन गर्न समाजवादी मोर्चाको आग्रह



file photo
अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका प्रमुख नेताहरूविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेकोमा समाजवादी मोर्चाले आपत्ति जनाएको छ ।

अदालतबाट जारी पक्राउ पुर्जीको विरोध गर्दैै समाजवादी मोर्चाले सोमबार विज्ञप्तिमार्फत नेकपासँग भएको तीन बुँदै सम्झौता कार्यान्वय गर्न आग्रह गरेको छ ।

मोर्चाका संयोजक तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा यस प्रकारको कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिनका लागि सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सम्झौतालाई पूर्ण रुपमा कार्यान्वयन गर्न हामी सरकार र सम्बद्ध पक्षलाई आह्वान गर्दछौं ।’

विप्लवसहित नेकपा नेताहरूलाई असोज १८ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । नेकपा नेताहरूविरुद्ध जिल्ला अदालत काठमाडौंमा राज्यविरुद्धको कसुरमा ४ वर्षअघि मुद्दा दायर भएको थियो ।

विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), माइला लामा, अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध जिल्ला अदालत काठमाडौंले असोज १४ गते गोरखापत्रमा पक्राउ पुर्जीको सूचना प्रकाशित गरेको थियो ।