२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँदे अधिवेशन बोलाउनेबारे प्रधानमन्त्रीले छलफल गर्नुहुने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको हिउँदे अधिवेशन आह्वानका लागि संसदमा रहेका दलहरुसँग छलफल गर्न लाग्नुभएको छ ।

संसदको हिँउदे अधिवेशन आह्वानका लागि प्रधानमन्त्री दाहालले छिट्टै प्रमुख प्रतिपक्षी दलसहित संसदका रहेका सबै दलसँग परामर्श गर्नुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । प्रमुख प्रतिपक्षी दलको अभियान सकिएकाले अब प्रधानमन्त्रीले सबै दलहरुसँग छलफल गरी अधिवेशनको लागि बोलाउने तयारी भईरहेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले यसअघि पनि संसद्को हिउँदे अधिवेशन जतिसक्दो चाँडो बोलाएर महत्त्वपूर्ण विधेयकहरु अघि बढाउनुपर्ने धारणा राख्दै आउनुभएको छ । यसबारे प्रधानमन्त्रीले सभामुखका साथै सत्तारुढ तीन दलका शीर्ष नेताहरुसँग छलफल गरिसक्नुभएको छ ।