काठमाडौं । शुक्रबार पनि अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १५ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ५० पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ७१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ ७१पैसा तोकिएको छ। एक मलेसिया रिंगिटको खरिददर २७ रुपैयाँ ९५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ १० पैसा तोकिएको छ ।
त्यस्तै एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९९ पैसा तोकिएको छ । एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ०६ पैसा तोकिएको छ ।
त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ ६३ पैसा तोकिएको छ । एक बहराइन दिनारको खरिददर ३ सय ७ रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८ रुपैयाँ ९८ पैसा तोकिएको छ । त्यसैगरीजापानी यनको खरिददर १० रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया २७ पैसा तोकिएको छ ।











