२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीबाट कस्तुरीको बिना जस्तो देखिने वस्तु बरामद



अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरीले बाँकेमा कस्तुरीको बिना जस्तै देखिने वस्तु बरामद गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१५ जमनाहस्थित भन्सार इलाकाबाट सशस्त्र प्रहरीले बिहीबार कस्तुरीको बिना जस्तै देखिने वस्तु बरामद गरेको हो । बरामद बस्तु खैरो, कालो र रातो रङको छ । यसको तौल ५ वटाको ८१ ग्राम रहेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरीलाई देख्न साथै आफूले बोकेको झोला फालेर भागेका थिए । उनले फालेको झोला जाँच गर्ने क्रममा कस्तुरीको बिना जस्तो देखिने वस्तु फेला परेको हो । उक्त वस्तु आवश्यक अनुसन्धान कारबाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको बताइएको छ ।