२३ असार २०८३, मंगलवार
,
Latest
राष्ट्रनीति: रास्वपा २०९०-नयाँ सामाजिक सम्झौता र ‘पुनरुत्पादक लोकतन्त्र’ पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोज राणा बने चलचित्रकर्मीबाट पहिलो मन्त्री



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्रकर्मी तथा नेपाली कांगेसका सांसद रोज राणा (सरोज थापा) लुम्बिनी प्रदेशको मन्त्री बनेका छन् ।

आइतबार राणाले बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा उद्योग वाणिज्य, श्रम तथा यातायात मन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

पहिलोपटक मन्त्री बनेका निर्माता, नायक तथा अभिनेता राणा प्युठानबाट प्रदेश सभा सदस्यमा भएका थिए । राणा कांग्रेस सभापति शेरबहादुर देउवाका निकट मानिन्छन् ।

राणा नेपाल चलचित्र निर्माता सङ्घको पूर्व महासचिव समेत हुन् । करिब दुई दशकदेखि फिल्म क्षेत्रमा आबद्ध उनले ‘दादागिरी’, ‘डन’, ‘खलनायक’, ‘महान्’, ‘टक्कर दुई मुटुको’, ‘मन छु नि तिम्रो’ लगायतका फिल्म निर्माण गरेका छन् ।