२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

शक्ति बाँडफाँडको नाममा सम्हाल्नै नसक्ने गरी अधिकार दिनु उचित हुँदैन: केपी ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्र भित्र लोकतान्त्रिक संरचना र संयन्त्र कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ ।

नेकपा एमालेले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्राको उपलब्धिका सम्बन्धमा आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले लोकतन्त्र व्यापक प्रणाली र संघीयता त्यसको एउटा पक्ष भएको बताउनुभयो ।

यात्राको क्रममा जनताले लोकतन्त्रको पक्षमा दृढता राखेको पाइएको ओलीको भनाइ छ । ‘ लोकतान्त्रिक व्यवस्थाको विषयमा आजको नेपाली जनता सचेत छ’, ओलीले भन्नुभयो । लोकतन्त्रलाई बलियो र संस्थागत बनाउन सबै लाग्नु पर्नेमा ओलीले जोड दिनुभयो । आफूहरू त्यसमा निरन्तर लागिरहेको उहाँले बताउनुभयो ।

कुनै ठाउँमा नामका विषयमा वा अन्य विषयसँग जोडेर लफडा गरिएको बताउँदै ओलीले त्यस विषयमा बसेर छलफल गर्नुपर्ने बताउनुभयो । राज्यलाई कमजोर बनाउने विभिन्न काम भइरहेको अवस्थामा कसलाई कति शक्ति दिने र शक्तिको बाँडफाँड कसरी गर्ने भन्ने विषयमा छलफल गरेर टुङ्गोमा पुग्नु पर्नेमा ओलीले जोड दिनुभयो ।

शक्ति र श्रोतको बाँडफाँडको सबन्धमा सम्हाल्नै नसक्ने गरी अधिकार दिन नहुने उहाँको सुझाव छ । यस विषयमा सोचेर निर्णय गर्नुपर्ने ओलीले बताउनुभयो । अहिले शिक्षा लगायतको क्षेत्रमा केही समस्या देखिएको उहाँको भनाइ छ ।