२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलीले ६६ रनसँगै श्रीलंकाका पूर्व कप्तान सांगकाराको विश्व कीर्तिमान तोड्नेछन्



अ+ अ-

एजेन्सी । भारतका ‘रन मेसिन’ विराट कोहलीका लागि २०२३ स्मरणीय वर्ष रह्यो । पूर्व भारतीय कप्तानले यो वर्ष सबै फर्म्याटमा ७ शतक बनाएका छन् ।

ओडिआई विश्वकप जित्ने उनको सपना अधुरै रहे पनि ‘मेन इन ब्लू’का लागि खेल्न अझै महत्वपूर्ण खेलहरू बाँकी छन् । भारत र दक्षिण अफ्रिकाबीचको बक्सिङ डे टेस्ट खेल २६ डिसेम्बरबाट सुरु हुँदैछ ।

यो पहिलो टेस्ट म्याचमा विराट कोहलीसँग श्रीलंकाका पूर्व कप्तान कुमार सांगकाराको विश्व कीर्तिमान तोड्ने सुनौलो मौका छ । विराट कोहली सांगकाराको कीर्तिमानभन्दा थोरै टाढा छन् । कोहली दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा यो विश्व कीर्तिमान तोड्ने लक्ष्यमा छन् ।

वास्तवमा, विराट कोहली एक क्यालेन्डर वर्षमा अन्तर्राष्ट्रिय क्रिकेटमा २००० भन्दा बढी रन बनाउने मामिलामा दोस्रो स्थानमा छन् । कुमार सांगकाराको नाम पहिलो स्थानमा छ । सांगकारा र भारतीय दिग्गज ब्याट्सम्यान विराट कोहलीले संयुक्त रूपमा सबै फर्म्याटमा ६–६ पटक २००० भन्दा बढी रन बनाएका छन् ।

कोहलीले २०१२, २०१४, २०१६, २०१७, २०१८ र २०१९ मा २००० अधिक रन बनाएका छन् । सांगकाराले सन् २००४, २००६, २००९, २०११, २०१२ र २०१३ मा तीनवटै फर्म्याटमा २००० भन्दा बढी रन बनाएका छन् । सन् २०२३ मा अहिलेसम्म कोहलीले १९३४ रन बनाएका छन् । उनी विश्व कीर्तिमान बनाउन ६६ रन मात्र टाढा छन् ।