२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानका खेलाडीलाई आईपीएल खेल्नु ‘तातो भात निल्नु न ओकल्नु’



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को मिनी लिलामी १९ डिसेम्बरमा दुबईमा भएको थियो । यस लिलामीमा धेरै देशका खेलाडीले भाग लिएका थिए ।

यसैबीच, अफगानिस्तानका खेलाडीलाई आईपीएल खेल्न गाह्रो भइरहेको छ । वास्तवमा, अफगानिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई अर्को दुई वर्ष आईपीएल खेल्नको लागि ‘नो अब्जेक्सन प्रमाणपत्र’ दिन अस्वीकार गरेको छ ।

यसमा मुजीब–उर–रहमान, फजलहक फारुकी र नवीन–उल– हक समावेश छन् । खेलाडीलाई वार्षिक केन्द्रीय सम्झौताबाट रिहा गर्ने निर्णयलाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो । एसबीले लिग खेल्नुभन्दा देशका लागि खेल्नलाई प्राथमिकता दिँदै खेलाडीको हितका लागि यस्तो निर्णय गरेको बुझिएको छ ।

यी खेलाडीहरू आफ्नो फाइदाका लागि व्यावसायिक क्रिकेट लिग खेल्छन्, जसका कारण उनीहरू केन्द्रीय सम्झौताबाट मुक्त हुन चाहन्छन् । अफगानिस्तानको राष्ट्रिय क्रिकेट बोर्डले खेलाडीको यस्तो कार्यलाई ध्यानमा राख्दै उनीहरुमाथि कडा कारबाही गर्न बाध्य भएको जनाएको छ ।

आईपीएल २०२४ को लिलामीमा मुजीब–उर– रहमानलाई कोलकाता नाइट राइडर्सले २ करोडमा आफ्नो टोलीमा समावेश गरेको थियो । यसबाहेक नवीनलाई लखनऊ सुपर जाइन्ट्सले आफ्नो टोलीमा समावेश गरेको छ भने सनराइजर्स हैदरावादले फजलहकलाई आफ्नो टोलीमा समावेश गरेको छ ।

यसबाहेक न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र दक्षिण अफ्रिकाका ब्याट्सम्यान फाफ डु प्लेसिसलगायत धेरै शीर्ष क्रिकेटरले केन्द्रीय क्रिकेटभन्दा फ्रेन्चाइजी क्रिकेटलाई प्राथमिकता दिँदै राष्ट्रिय टोलीबाट बाहिरिएका छन् ।