२३ असार २०८३, मंगलवार
,
Latest
रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग राष्ट्रनीति: रास्वपा २०९०-नयाँ सामाजिक सम्झौता र ‘पुनरुत्पादक लोकतन्त्र’ पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी रहेको छ ।

पार्टी कार्यालय बालकुमारीमा सुरु भएको बैठक सो पार्टीको केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन गर्न बसेको हो ।

यसैगरी आजको बैठकमा यही पुस २५ गतेदेखि काठमाडाँैमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक र पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको तयारी, पार्टीका केन्द्रीय समिति सदस्यको जिम्मेवारी बाँडफाँटलगायतका विषयमा छलफल गरिने केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताउनुभयो ।

जसपाले आफ्ना सदस्यहरुलाई जिम्मेवारी बाँडफाँट गर्न पार्टीको कार्यकारिणी सदस्य एवं सङ्गठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठ र सात प्रदेश समितिका इञ्चार्ज रहेको कार्यदल गठन गरेको छ । रासस