२४ जेष्ठ २०८३, आईतवार
,
Latest
जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हात्ती सुन्दरी प्रतियोगितामा सात हात्तीको प्रतिष्पर्धा– तस्बिरहरु



अ+ अ-

भरतपूर । चितवनको सौराहामा जारी हात्ती सुन्दरी प्रतियोगितामा ७ वटा हात्ती सहभागी भएका छन् ।

चितवनको सौराहामा मंगलवारबाट शुरु भएको १७ औं संस्करणको चितवन पर्यटन तथा हात्ती महोत्सवको दोस्रो दिन आज (बुधवार) हात्ती सुन्दरी प्रतियोगिताअन्तर्गत ७ सुन्दरी हात्तीहरुको प्रतिष्पर्धा शुरु भएको हो ।

हात्ती सुन्दरी प्रतियोगितामा सेल्फिकली,समृद्धिकलि,लक्ष्मीकलि,बिजुलीकलि,रानीमायाकली,चम्पाकली र रिमझिमकलीले सहभागिता जनाएका छन् । पाँच जनाएको निर्णयक टोलीले महोत्सवको अन्तिम दिन पहिलो,दोस्रो र तेस्रो हुने सुन्दरी हात्तीको नतिजा सार्वजनिक गर्नेछ ।

महोत्सवस्थल सौराहामा प्रतियोगिताको निर्णायक मण्डलका सदस्य विनोद तिमिल्सिनाले प्रतियोगिताको निर्णय आँखाको सुन्दरता, हिँडाई, शरीरको बनावट, माउतेले भनेको मान्ने, नमान्ने र रौँको अवस्था हेरेर मूल्यांकन गरिने बताउनु भयो । उहाँले नङ फुटे/नफुटेको, हिँडाइ लगायतका बारेमा मूल्यांकन गर्ने बताउनु भयो ।

उहाँले निर्णयक मण्डलले आज यसको नतिजा आयोजकलाई बुझाउने र १४ गतेमात्रै निर्णय गर्ने बताउनु भयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश: १५, १० र ५ हजार रुपैयाँ पुरस्कार दिने र सहभागी सबैलाई एक हजार रुपैयाँले पुरस्कृत गर्ने बताउनु भयो । उहाँले मानिसमा मात्रै सुन्दरता नहुने र जनावरमा पनि सुन्दरता हुने भएकाले प्रतियोगिताका रुपमा अघि बढाएको बताउनु भयो ।

उहाँले कोरोना भन्दाअघि युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थामा ६० वटा हात्ती भएको र अहिले ३० वटा हात्ती मात्रै रहेको बताउनु भयो । कोरोनाका कारण हात्ती पाल्न नसकेकाले भाडामा ल्याएका हात्तीहरु भारत फिर्ता लगिएकाले हात्तीको संख्या कम भएको बताउनु भयो ।