२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वी कंगोमा भारी वर्षाका कारण ४० जनाको मृत्यु



अ+ अ-

एजेन्सी । कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्रको दक्षिण किभु प्रान्तको राजधानी बुकाभुमा भारी वर्षाले बाढी र पहिरोमा परी कम्तीमा ४० जनाको ज्यान गएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रान्तीय गभर्नरको कार्यालयकाअनुसार बुकाभुमा कम्तिमा २० जना र वरपरको गाउँ बुर्हिनीमा २० जनाको निधन भएको हो ।

प्रान्तीय अधिकारीहरुले पीडितहरुको खोजीका लागि प्रभावित क्षेत्रमा उद्धार टोली पठाइएको जानकारी दिएका छन् । गत हप्ता दक्षिण किभुको म्वेन्गा क्षेत्रको कालिङ्गी गाउँमा भीषण वर्षाका कारण आएको पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको थियो । मे २०२३ मा दक्षिण किभुको कालेहे क्षेत्रमा भारी वर्षाको कारण बाढी प्रभावित क्षेत्रहरूमा कम्तिमा ४३८ शव फेला परेका थिए ।

स्थानीय अधिकारीहरूले ५ भन्दा बढी व्यक्ति बेपत्ता भएको अनुमान गरेका छन् । सेप्टेम्बरदेखि मेसम्म चल्ने वर्षाको मौसममा कंगोमा बाढी र पहिरोहरूका घटनाहरु अत्याधिक हुने गर्दछन् ।