२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन फेरी लामो कपाल पाल्दैछन् धोनी ?



अ+ अ-

एजेन्सी । भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनी आफ्ना फ्यानमाझ सधैं लोकप्रिय छन् । उनका भिडियोहरू सामाजिक सञ्जालमा प्राय भाइरल हुने गरेका छन् । पछिल्लो समय माही फेरि लामो कपालका कारण चर्चामा छन् । धोनीले आईपीएल २०२४ अघि लामो कपाल राख्नुको कारण खुलासा गरेका छन् । धोनीले एक कार्यक्रममा भने, उनले फेरि किन लामो कपाल राखेका छन् ?

भारतीय टीमका पूर्व कप्तान एमएस धोनीले २००७ को टी–२० विश्वकप जितेर आफ्नो लामो कपाल काटेका थिए । त्यसपछि क्रिकेट फ्यानहरूले उनलाई धेरै फरक हेयरस्टाइलमा देखे, तर सबैले अझै पनि धोनीको लामो कपाल मन पराउँछन् ।

यस्तो अवस्थामा आईपीएल २०२४ अघि धोनीले फेरि एकपटक लामो कपाल राखेका छन् । एक कार्यक्रममा धोनीले लामो कपाल राख्नुको कारण बताउदै नयाँ हेयरस्टाइल कायम राख्न निकै कठिनाइको सामना गर्नुपर्ने बताए । फ्यानहरूले धेरै मन पराउने भएकाले लामो कपाल राखेको धोनीले बताए । तर, उनले थप कठिनाइ भए कपाल छोटो पार्ने पनि बताए ।

यससँगै धोनीले यो हेयरस्टाइल राख्न गाह्रो भएको बताए । ‘पहिले २० मिनेटमा मात्रै तयार हुन्थ्यो तर अहिले १ घण्टा १० मिनेट लाग्छ । म यो गरिरहेको छु किनभने फ्यानहरूले यसलाई मन पराउँछन्, तर एक दिन म यसलाई काट्नेछु ।’ उनले भने ।

धोनीले आफ्नो कप्तानीमा भारतीय टोलीलाई तीनवटै आईसीसी उपाधि जिताउन सफल भएका छन् र त्यो गर्ने उनी एक मात्र कप्तान हुन् । धोनीले भारतलाई टी–२० विश्वकप २००७, विश्वकप २०११ र च्याम्पियन्स ट्रफी २०१३ को उपाधि दिलाएका थिए । योसँगै आईपीएलमा उनको कप्तानीमा चेन्नई सुपर किंग्सले पाँच पटक उपाधि जितेको छ ।




भर्खरै