२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सलार’को विश्वव्यापी आँकडा ५०० करोड नाघ्यो



अ+ अ-

एजेन्सी । ‘सलार’ले रिलिजको छैटौं दिन बुधबार विश्वभर ५०० करोडको आँकडा पार गरेको छ । यसले भारतीय बक्स अफिसमा २९७ करोडको व्यापार गरेको छ । यद्यपि, फिल्मको कमाईमा भने कमी आएको छ ।

शाहरुख खानको फिल्म डंकीको कुरा गर्ने हो भने यसले भारतीय बक्स अफिसमा हालसम्म १५१ करोड भारु कलेक्सन गरिसकेको छ । फिल्मले विश्वभर करिब ३१० करोडको व्यापार गरेको छ । डंकी, सलारभन्दा एक दिन पहिले अर्थात् २१ डिसेम्बरमा रिलिज भएको थियो ।

प्रशान्त नील निर्देशित फिल्म सलारमा प्रभास, पृथ्वीराज सुकुमारन, श्रुति हसन र टिनु आनन्द महत्वपूर्ण भूमिकामा छन् ।

के छ ‘सलार’को कथा ?
केजीएफ जस्तै सलारको कथा पनि काल्पनिक संसारबाट सुरु हुन्छ । अमेरिकाबाट फर्किएकी आध्या (श्रुति हसन) को ज्यान खतरामा छ । आध्या भागेर एक महिलाको घरमा लुक्छिन् । ती महिला देवा अर्थात् प्रभासकी आमा हुन् । देवाले उनलाई ती गुण्डाहरूबाट बचाउँछन् ।

कथा दोस्रो हाफमा ‘खानसार’ को संसारमा सर्छ । खानसार एउटा छुट्टै संसारमा बस्ने ठाउँ हो । आफूलाई देशको हिस्सा ठान्दैन । उनीहरुको आफ्नै सेना छ । उनको अगाडि बेलायतीहरूले पनि घुँडा टेकेका छन् । स्वतन्त्रतापछि त्यहाँ राजाको शासन छ ।

राजाको मृत्युपछि सिंहासनका लागि लडाइँ सुरु हुन्छ । पृथ्वीराजले वर्धाको भूमिका निर्वाह गरेका छन् । ऊ सहरका गभर्नरहरूमध्ये एक हो र राजा बन्न चाहन्छ । तर जब उसलाई सत्ताच्युत गर्नको लागि एउटा विद्रोह सुरु हुन्छ, वर्धाले आफ्नो पुरानो साथी देवा (प्रभास) को मद्दत खोज्छ ।