३० जेष्ठ २०८३, शनिबार
,
Latest
विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: कोशीलाई हराउदै एपिएफ फाइनलमा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता पहिलो क्वालिफायर खेलमा कोशी प्रदेशलाई ५२ रनले हराउँदै नेपाल एपिएफ क्लब फाइनलमा पुगेको छ ।

जितको लागि १ सय ४० रनको विजयी लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर मात्र ८७ रन बनायो । कोशीको लागि अप्सरी बेगमले सर्वाधिक ३१ रन बनाइन् । रुविना क्षेत्रीले २२, लखिता राजवंशीले १४, काजोल श्रेष्ठ ४ र बिमला महलाले ६ रन बनाइन् ।

एपिएफकी रेखा रावल, सोनु खड्का, सुमन विष्ट र सीता रानामगरले १–१ विकेट लिइन् ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो । एपिएफका इन्दु बर्माले सर्वाधिक ५६ रनको योगदान दिइन । उनी ५० बलमा तीन चौका र एक छक्का प्रहार गरिन । त्यस्तै सीता रानामगरले ३७ बलमा तीन चौका र दुई छक्कासहित ४५ रनमा रन जोडिन । रोमा थापाले १८ रन जोड्दा ज्योति पाण्डेले १२ रन बनाइन ।

कोशी प्रदेशका लागि कप्तान रुविना क्षेत्रीले एक विकेट लिइन् । कोशीले अव एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर सोमबार खेल्नेछ ।

एलिमिनेटर खेलमा आज दिउँसो बागमती र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । फाइनल बुधबार हुनेछ ।