२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीको पानी युद्धस्तरमा काठमाडौंवासीलाई वितरण गरियोस्ः पूर्वप्रधानमन्त्री खनाल



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले काठमाडौंवासीलाई आवश्यक खानेपानी आपूर्ति गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

सोमवार काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा मेलम्चीको पानी काठमाडौं उपत्यका छिटो वितरणको माग गर्दै लिमिटेडलाई ज्ञापन पत्र बुझाउँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौंमा पानीको संकट दिनानुदिन बढेर गइरहेको बताउनु भयो । उहाँले सरकारले पानीको आपूर्ति बिस्तार गर्न नसक्दा समस्या झनै बढेर गएको जिकिर गर्नुभयो । उहाँले पानीको आपूर्ति गर्ने कुरामा सरकारले गम्भीरतापूर्वक लिइ चाँडो भन्दा चाँडो मेलम्चीको पानी वितरण गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौंमा पानीको संकट दिनानुदिन बढेर गइरहेको छ । एकातिर जनसंखया बढीरहेको छ, बस्ती बिस्तार भइरहेको छ तर पानीको सप्लाई गर्ने क्षमतालाई सरकारले पूरा गर्न सकिरहेको छैन । मेलम्चीको कथाहरु तीन दशकअघिदेखि सुन्दै आइरहेका छौँ । तर अहिलेसम्म पूरा हुन नसक्नु देशको लज्जाको विषय हो ।

अहिलेसम्म पनि पूरा नहुँदा काठमाडौंमा पानीको हाहाकार भइरहेको छ । पानी मान्छेको जीवन हो । पानीको आपूर्ति गर्ने कुरामा सरकारले गम्भीरतापूर्वक लिनुपर्छ, युद्धस्तरमा काम गर्नुपर्छ । केयुकेएलबाट सप्लाइ भइरहेको पानीले हाम्रो आवश्यकता परिपूर्ति भइरहेको छैन । चाँडो भन्दा चाँडो मेलम्चीको पानी यसमा जोड्नुपर्ने हुन्छ । यो पुरानो सिस्टम थोत्रो भएको नयाँ सिस्टम बनाइएको छ, जोडिएको छैन, जोडियोस् । मेलम्चीको पानी चाँडो भन्दा चाँडो युद्धस्तरमा काम गरेर सरकारले जनतालाई खानेपानीको बन्दोबस्त गर्न सक्नुपर्छ । त्यसो गर्न नसकिए काठमाडौं बिष्फोट हुनसक्ने अवस्था छ । मान्छेले आफ्नो जीवन बचाउन नपाए जे पनि गर्नसक्छ, यो कुरा सरकारले बुझोस् । यो चेतावनी र आग्रह हो ।’

पूर्वप्रधानमन्त्री खनालले मान्छेले आफ्नो जीवन बचाउन नपाए जे गर्न पनि बाध्य हुने अवस्थालाई सरकारले बुझ्न जरुरी रहेको बताउनु भयो ।