२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकुमारी प्रदर्शनमा ज्यान गुमाएका वीरेन्द्र र सुजनको शव स्काई ट्रक मार्फत सुर्खेत पठाइँदै



अ+ अ-

काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको शव सुर्खेत पठाउन लागिएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीको अनुसार गृह जिल्लामा पठाउनको लागि उनीहरूको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको छ ।

पाटन अस्पतालमा पोस्टमार्टम गरिएपछि शव विमानस्थलमा लगेर नेपाली सेनालाई जिम्मा लगाइएको एसपी कार्कीले जानकारी दिए । शवलाई नेपाली सेनाका स्काई ट्रक एन ए–०६४ मार्फत सुर्खेत लैजाने तयारी गरिएको छ । सुर्खेतबाट सुजन रावतको शव दैलेख र वीरेन्द्रको शव अछाम लैजाने तयारी भएको उनले बताए ।

पुस १३ मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शन स्थलमा गम्भीर घाइते भएका दुवैको अस्पतालमा मृत्यू भएको थियो । सुजनको छातीमा निलडाम भेटिएको र सुजनले भाग दौडको क्रममा मा ज्यान गुमाएका सुरक्षा अधिकारीहरू बताउँछन् ।

 




भर्खरै