२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरीमा संलग्न दुई जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

ललितपुर ग्वार्को बस्ने सुमित्रा तामाङको डेराबाट नगद, गरगहना तथा महत्वपूर्ण कागजपत्र चोरी भएको आरोपमा प्रहरीले भक्तपुर ठिमि घर भएका ४२ बर्षका भुवन श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठलाई बाफलबाट चोरी भएका बिभिन्न सामानहरु सहित पक्राउ गरीएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीसहित चोरीको बिगो लिनेखाने तथा मास्ने कार्यमा संलग्न चितवन घरभई बाफलमा सुनचाँदीको पसल गरी बस्ने बर्ष अन्दाजी ५६ वर्षीय राजकुमार बिश्वकर्मालाई समेत पक्राउ गरिएको छ ।

उनीहरुलाई आवश्यक कारवाहीका लागी जिल्ला प्रहरी परिसर ललितपुर पठाईएको छ।