२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाललाई प्रधानमन्त्रीको फोन–प्रकाश ज्वाला फिर्ता लानुस्, अर्को मान्छे दिनुस्



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही बेरअघि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई फोन गरी भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालालाई फिर्ता लैजान भनेका छन् ।

बालुवाटार समाचार स्रोतका अनुसार आज अपराह्न प्रधानमन्त्री प्रचण्डले फोन गरेर माधव नेपालसँग सो कुरा गरेका हुन् । ललितपुरको बालकुमारीमा हालै भएको घटनामा मन्त्री प्रकाश ज्वालाको सवारी नै कारक बनेको निष्कर्ष सबैतिरबाट आउँदै गर्दा प्रधानमन्त्री मन्त्री ज्वालालाई फिर्ता बोलाउने मुडमा देखिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आज बालुवाटारमा यस विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि परामर्श गरेका थिए । देउवाले प्रधानमन्त्रीको सोचमा खासै विरोध नजनाएको बताइएको छ । बालुवाटार स्रोतले सो घटनाले सरकारमाथि निकै ठूलो आक्रोस थपिएको र देशभरका युवाले आन्दोलनको तयारी समेत गरेको थाहा भएकाले मन्त्री नै बर्खास्त गर्ने मुडमा प्रधानमन्त्री देखिएको दाबी गर्यो ।

यो पनि पढ्नुहोस- जब माधव नेपाल मन्त्री प्रकाश ज्वालासँग पड्किए‘

प्रधानमन्त्री अहिलेको यो आक्रोसलाई केही कम गर्नका लागि यसअघि ललितपुरका सिडियो र प्रहरी प्रमुखजस्तै मन्त्री पनि बर्खास्त गर्न चाहन्छन् । यसैका लागि प्रधानमन्त्रीले माधव नेपाललाई फोन गरेको बालुवाटार स्रोतले बतायो ।

गएको शुक्रबार ललितपुरको बालकुमारीमा रहेको ईपीएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा दुई जनाको ज्यान गएको थियो ।

घटनामा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो । यो घटनालाई लिएर देशभरका युवाहरु आन्दोलित हुँदा सरकार पनि अप्ठेरोमा परेको छ ।

त्यसैले प्रधानमन्त्री प्रचण्ड पनि प्रकाश ज्वालालाई मन्त्रीबाट फिर्ता बोलाएर सरकारका विरुद्धको आक्रोस केही कम गर्नसक्ने योजनामा छन् । सरकारले राष्ट्रियसभाको चुनावपछि मन्त्रिमण्डलमा फेरबदल गर्ने तयारी गरिरहेको भए पनि प्रधानमन्त्री भने प्रकाश ज्वालालाई मन्त्रीबाट निकालेर आफ्ना विरुद्धको आक्रोसमा केही कमी ल्याउने योजनामा रहेको बालुवाटारको स्रोत बताउँछ ।

नेकपा एसको एक समाचार स्रोतले भन्यो ‘यसै त पार्टी भित्रबाट ज्वालालाई फिर्ता बोलाउन दबाब परिरहेको थियो, त्यही बेला भएको यो घटनापछि माधव नेपाल पनि झन् अप्ठारोमा पर्नुभएको छ । त्यसैले उहाँलाई अब मन्त्रीबाट फिर्ता बोलाउने सम्भावना धेरै छ’ नेकपा एसका एक सचिवालय सदस्यले भने ।