२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी स्वत: प्रमुख प्रतिपक्षी दल बनेको छ: प्रमुख सचेतक परियार



अ+ अ-

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले विगतको संसदीय समिति गठनको पृष्ठभूमिलाई दृष्टिगोचर गर्ने हो भने मुलुकको प्रमुख प्रतिपक्षी दल रास्वपा भएको दावी गरेका छन् ।

रफत सञ्चार क्लबले शुक्रबार भक्तपुरमा आयोजित सञ्चार–संवाद कार्यक्रममा उनले भने,“जसरी प्रतिनिधिसभाको संसदीय समितिको गठन प्रक्रियामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित राप्रपा र सत्तागठबन्धन पार्टीलगायतले संसदीय समितिमा आफ्नो सहभागिता जनाए त्यस पृष्ठभूमिले रास्वपा स्वत: प्रमुख प्रतिपक्षी दलमा स्थापित हुन पुगेको छ ।”

प्रमुख सचेतक परियारले संसदीय समितिको निर्वाचन प्रक्रियामा आफ्नो दलले कुनै भाग नखोजेर आफ्नो दलको संसदमा उपस्थितिअनुसारको उम्मेदवारी दिने निर्णय गरेर खाँटी प्रतिपक्षी दलको चरित्र प्रस्तुत गरेर व्यवहारिक रूपमा रास्वपाले आफूलाई जनताको सच्चा पहरेदार भएको दृष्टान्त पेश गरेको तर्क गरे ।

उनले भने, “खास–खास मुद्दामा, खास–खास विषयमा राजनीतिक कुरामा सहमति र सहकार्यको आवश्यकता परे पनि लोकतन्त्र भनेको प्रतिस्पर्धामा आधारित रहेको हुन्छ भन्ने सैद्धान्तिक मान्यतालाई हेर्ने हो भने हरेक विषयमा जहाँ–जहिले पनि सहमति र सहकार्य गर्नाले अन्तिममा गएर लोकतन्त्रलाई कमजोर बनाउँछ । वर्तमान राजनीतिक वृत्तको विश्लेषण गर्ने हो भने हामी लोकतन्त्रको मूलमर्म र भावनाविपरीत उल्टो बाटोमा हिँडिरहेका छौं जस्तो लाग्छ ।”

उनले भने, “राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक सिद्धान्तअनुसार कुरा गर्ने हो वर्तमान प्रतिनिधिसभामा उपस्थित पहिलो र तेस्रो पार्टी सरकारमा सहभागी हुनुहुँदैन । यदि यस्तो अभ्यास गर्‍य भने लोकतन्त्रमा विकृति र विसंगति देखापर्छ । जुन अहिलेको हाम्रो राजनीतिमा स्पष्ट देखिन्छ ।”

प्रमुख सचेतक परियारले राजनीतिक विरोधाभाष र जटिलताको जड्तालाई चिर्न नसकेसम्म हाम्रो समाज अगाडि बढ्न सक्दैन भन्ने विचार पनि व्यक्त गरे । उनले समाजलाई समाजवादको विज्ञानको आँखाबाट हेरिनुपर्ने आवश्यकता पनि औंल्याए ।

परियारले रास्वपाले अध्ययन र अनुसन्धान गरेर जनताको आम सरोकारका मुद्दालाई संसदमा सही र उचित ढंगले उठाएको दावी पनि गरे । उनले पार्टीलाई भविष्यमा घाटा पुगेता पनि परिवारवादलाई रास्वपाले कहिल्यै अंगीकार नगर्ने संकल्प गरेको चर्चा गर्दै परियारले नेपालको विगत र अहिलेको राजनीतिक संस्कतिलाई विश्लेषण गरेर नै पार्टीमा परिवारवाद हुल्न नदिएको स्पष्ट पारे ।