२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषको ‘क्याप्टेन मिलर’ले पहिलो दिन कति कमायो ?



अ+ अ-

एजेन्सी । जनवरी २०२४ को पहिलो शुक्रबार सुरु भएको छ । १२ जनवरीमा धेरै ठूला फिल्म रिलिज भए । ‘मेरी क्रिसमस’, ‘आयलान’, ‘गुंटुर करम’ र ‘हनु मन’ जस्ता फिल्महरू थिएटरमा आए ।

यी सबैको बीचमा धनुषको ‘क्याप्टेन मिलर’ पनि थिएटरमा प्रवेश गरेको छ । साउथ फिल्मका सुपरस्टार धनुषको यो फिल्मले पहिलो दिन दर्शकको मनमा कत्तिको स्थान बनाउन सफल भयो भन्ने कुरा जानौँ ।

पान इन्डिया स्तरमा रिलिज भएको ‘क्याप्टेन मिलर’ विश्वभर १६०० स्क्रिनमा रिलिज भएको छ । धनुष स्टारर फिल्मको क्रेज दर्शकमाझ बढ्दै गएको छ ।

रिलिजको पहिलो दिन ‘क्याप्टेन मिलर’ हेर्न सिनेमाघरमा ठूलो भीड जम्मा भएको थियो । फ्यानदेखि समीक्षकसम्म फिल्मको निकै प्रशंसा भएको छ । योसँगै अब फिल्मको पहिलो दिनको कमाईको तथ्यांक सार्वजनिक भएको छ ।

धनुष स्टारर फिल्म ‘क्याप्टेन मिलर’ ले बक्स अफिसमा राम्रो व्यापार गरेको छ । स्यानिल्कको रिपोर्ट अनुसार, फिल्मले ८.६५ करोड ओपनिङ गरेको छ । यो फिल्मको प्रमोशन शून्य भएको बेला हो । यसका बाबजुद पनि चलचित्रले दर्शकको मन जित्न सफल भयो ।

अग्रिम बुकिङमा फिल्मको २ करोड भन्दा बढी टिकट बिक्री भएको थियो ।

‘क्याप्टेन मिलर’ एक पिरियड ड्रामा फिल्म हो । फिल्म सन् १९३० को पृष्ठभूमिमा आधारित छ । यसको कथा विद्रोही नेता (धनुष) को वरिपरि घुम्छ जो आफ्नो विरुद्धमा जाँदा एक निश्चित विधि अपनाउन बाध्य हुन्छ ।

फिल्ममा धनुष बाहेक शिव राजकुमार, प्रियांक मोहन, सुदीप किशन, विनोथ किशन, नस्सर जस्ता कलाकारहरु छन् ।