२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

महेश त्रिपाठी अभिनित चलचित्र ‘खजुरे ब्रो’बाट नीति शाहले अभिनयमा डेब्यु गर्दै



अ+ अ-

काठमाडौँ । मोडल नीति शाहले फिल्म अभिनयमा डेब्यु गरेकी छन् । ‘मिस इन्टरनेशनल नेपाल २०१७’ विजेता समेत रहेकी शाहले फिल्म ‘खजुरे ब्रो’बाट अभिनयमा डेब्यु गरेकी हुन् ।

शाहले अभिनय गर्ने भनिएका चलचित्रहरू ‘हुतुतु’, ‘एक्स ९’, ‘कामिनो’ र ‘रावायण’ नबनेपछि उनी अब अर्को चलचित्रमा काम गर्ने भएकी छन् ।

दुई हप्ताअघि नै यस चलचित्रमा अनुबन्ध भएर उनी शुक्रबारबाट छायाङ्कनमा समेत जोडिइसकेकी छन् । यो फिल्मको छायांकन ३ दिनदेखि काठमाडौंमा जारी छ । निर्माणपक्षले भने माघे सङ्क्रान्तिको अवसर पारेर भोलि मात्र यसको शुभ साइत गर्दैछ । फिल्मको छायांकन नै सुरु भइसकेकाले नीतिलाई ठूलो राहत मिलेको छ ।

फिल्ममा नीतिको साथमा रेयर राई, महेश त्रिपाठी, नवीन मानन्धरको अभिनय छ । फिल्मलाई सुरज सुनुवारले निर्देशन गरिरहेका छन् । फिल्ममा नवीन मानन्धर र सुरज सुनुवारको लगानी छ । शीर्षकले नै ‘खजुरे ब्रो’ कमेडी कथावस्तुमा निर्माण हुने संकेत गर्छ ।