२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली कप कान्तिपुर टेलिभिजनमा लाइभ आउने



अ+ अ-

काठमाडौँ । केपी ओली कप २०८० फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण कान्तिपुर टिभीले गर्ने भएको छ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने प्रतियोगिताको प्रशारण अधिकार कान्तिपुर टिभीले लिएको हो ।

आज आइतबार एक कार्यक्रमकाबीच केएमजीका सीईओ शिशिर पछाइ, र राष्ट्रिय युवासंघ नेपालको तर्फबाट अध्यक्ष क्षितिज थेबेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतियोगिता फागुन ११ देखि १९ गतेसम्म काठमाडौँमा हुनेछ । फाइनलबाहेक सबै खेल च्यासलस्थित च्यासल रंगशालामा हुनेछ । फाइनल खेल दशरथ रंगशालमा हुने आयोजकले जनाएको छ  ।

प्रतियोगिताको यो दोस्रो संस्करण हो । गत वर्ष भएको पहिलो संस्करणमा मछिन्द्र एफसीले सातदोबाटो युथ क्लबलाई सडनडेथमा हराएर उपाधि जितेको थियो । नेपालका ए डिभिजन र विदेशी प्रतिष्ठित टिमहरुलाई प्रतियोगितामा सहभागी गराइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद ११ लाख र उपविजेताले ५ लाख पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख तथा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले ५०-५० हजार पाउने छन् ।

यस्तै म्यान अफ दि म्याचलाई १५ हजार नगद प्रदान गरिनेछ ।