२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरमा गाडी चोरी निकासीमा संलग्न गिरोह पक्राउ



अ+ अ-

जनकपुरधाम । जनकपुरमा गाडी चोरी निकासीमा संलग्न गिरोहलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले भन्सार छलेर ल्याएको चार वटा गाडीसहित चोरी निकासीमा संलग्न जनकपुर जलेश्वरका मोख्तार अन्सारी र महोत्तरी लोहरपट्टीका जमजम भनिने अन्सारुल कवारीलाई आईतवार पक्राउ गरी सार्वजनिक गरेको हो ।

चोरी निकासी कार्यमा संलग्न अर्का १ जनाको भने खोजी भईरहेको पनि प्रहरी वरिष्ठ उपरीक्षक मित्रवन्धु शर्माले बताउनु भयो । मोख्तारले भारतबाट गाडी चोरी निकासी गर्ने गरेको र अर्का जमजम भनिने कवारीले नेपालमा सो गाडी बेच्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको पनि प्रहरीले जनाएको छ ।

एसएसपी शर्माले भन्नुभयो, ‘चार वटा गाडीहरु सबैको नक्कली नम्बर राखिएको छ । यी नम्बरमा यी गाडीहरु छैनन् । यी गाडीहरु भन्सार चोरी निकासी गरी नेपाल ल्याइएको हो । नेपालमा यी गाडीहरु विभिन्न व्यक्तिहरुले प्रयोग गरेको हामीले सूचना पायौं । त्यही अनुसार यी गाडीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कानूनी कारबाही अगाडि बढाएका छौं ।

यसमा अहिले हाम्रो प्रारम्भिक अनुसन्धानले देखाए अनुसार अन्दाजी ५० वर्षको मोख्तार अन्सारी महोत्तरी जलेश्वर बस्ने यिनले चाहीँ भारतबाट गाडीहरु नेपाल ल्याउने । नेपालमा बसेर विभिन्न ग्राहकहरु खोजी गर्ने बेच्ने जमजम भन्ने वर्ष ४० को अन्सारु कवाली यी दुई जना । र अर्को नाम नखुलेको अर्को व्यक्ति पनि छ । जसलाई हामीले पक्राउ गरेका छैनौं । खोजतलासमा छ ।’

पक्राउ परेका अभियुक्तलाई आवश्यक कानूनी कारबाही शुरु गरिएको पनि प्रहरीले जनाएको छ ।