२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजा महेन्द्र पथमा प्रदेशको नामाकरण गरियो: अध्यक्ष यादव



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेशको नामाकरण संघीयता विपरित भएको आरोप लगाउनुभएको छ ।

बुधवार साँझ मधेस प्रदेश सरकारले प्रदेशको नाम घोषणा भएको स्मरणमा आायेजित स्वाभिमानी दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मधेस प्रदेश बाहेकको नाम संघीयता विपरित राजा महेन्द्रको पथमा नामाकरण गरिएको आरोप लगाउनु भयो । उहाँले पहिचानमा आधातिर प्रदेश मधेस प्रदेश मात्रै रहेको दाबी समेत गर्नुभयो । उहाँले संघीयता विपरित नामाकरण गरिएकाले नै कोश्ी प्रदेशको नाम जनताले अस्वीकार गरेको आोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘पहिचानमा आधातिर प्रदेश मधेस प्रदेश मात्रै हो । अरु प्रदेशको नामाकरण राजा महेन्द्रको पथमा भएका छन् । कोशी नदीको नाममा कोशी अञ्चल, मेची नदीको नाममा मेची अञ्चल, महाकाली नदीको नाममा महाकाली अञ्चल । त्यही पथमा वागमती प्रदेश, गण्डकी नदीको नाममा गण्डकी प्रदेश, कोशी नदीको नाममा कोशी प्रदेश, कर्णालीको नाममा कर्णाली प्रदेश छन् । प्रदेशको नामाकरण संघीयताको विपरित भएको छ । कोशी प्रदेशका जनताले नाम अस्वीकार गरे । जनता सडकमा लडेर सहादत प्राप्त भए । पहिचानमा आधातिर संघीयताको सिद्धान्त विपरित नाम राखिएको छ । पहिचानको आधारमा नभएपछि कोशी प्रदेशका जनताले नाम अस्वीकार गरे ।’

अध्यक्ष यादवले मधेस प्रदेशको मुख्य चुनौति भ्रष्टाचार रहेको बताउनु भयो । उहाँले प्रदेशको समुन्नत विकासका लागि सुुशासन अपरिहार्य रहेको भन्दै भ्रष्टाचार बिरुद्ध निर्मम भएर काम गर्न आग्रह गर्नुभयो ।