२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री कार्कीको सम्पत्ति: २५ तोला सुन र ८ लाख ब्यालेन्स, १ करोड ८ लाख ऋण



file photo
अ+ अ-

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कार्कीको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

सम्पति विवरणमा कार्कीले बुढीगंगामा घर बाहेक तीन वटा घडेरी रहेको उल्लेख गरेका छन् । उनले घर र सबै जग्गा श्रीमती शान्तादेवी बस्नेतको नाममा रहेको छ । उनले उक्त घरजग्गा पैत्रिक सम्पत्ति बेचबिखन तथा जागिरबाट आर्जन गरेको बताएका छन् । उनले बूढीगंगा-२ ‘क’मा पौने ९ धुर, बूढीगंगा-२ ‘क’मै सवा ११ धुर र बूढीगंगा-८ ‘ख’मा ३ कट्ठा जग्गा जागिर, बोनस, कर्जा र सापटीबाट किनेको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री कार्की परिवारसँग विवाह, उपहार तथा खरिदबाट प्राप्त भएको २५ तोला सुन र ८० तोला चाँदी रहेको विवरणमा उल्लेख छ । उनीहरुको नाममा विभिन्न बैंकमा लगभग ८ लाख नगद रहेको छ । मुख्यमन्त्री कार्कीको नाममा कृषि विकास बैंकमा २० हजार ८३ रूपैयाँ ९० पैसा, उनकी श्रीमतीको नाममा कृषि विकास बैंकमा ८२ हजार ५७८ रूपैयाँ ४४ पैसा र एभरेष्ट बैंकमा ३ हजार ६ सय ६० रुपैयाँ छ । छोराहरु साकेत कार्कीको नाममा कृषि विकास बैंकमा ३ लाख ४८ हजार ५८४ र शाब्दिक कार्कीको नाममा ३ लाख ३९ हजार ८३६ रूपैयाँ ६९ पैसा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

यस्तै, ५२ वटा बैंक तथा वित्तीय संस्था तथा कम्पनीको शेयर मुख्यमन्त्री कार्की, उनकी श्रीमती र छोराहरुको नाममा रहेको छ । कार्कीले १ करोड ८ लाख २ हजार ऋण देखाएका छन् । जसमा उनले ८ लाख ७० हजार मात्रै भुक्तानी गरेका छन् ।