२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमबिबिएस पढ्न पूर्वमन्त्री आलेको आर्थिक सहयोग



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले एमबिबिएस (डाक्टर) पढ्नका लागि डोटीका एक जना बिद्यार्थीलाई आर्थिक सहयोग गर्नु भएको छ ।

डोटीको केआइसिंह गाउँपालिका-४ कारीगाउँ बस्ने १७ वर्षीय शिवि बिक लाई रु एक लाख आर्थिक सहयोग गर्नु भएको केआइसिंह गाउँपालिका-५ का वडाअध्यक्ष दुर्गासिंह रावलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “शिवि भाईले एमबिबिएस पढ्नका लागि नाम निकाल्नु भएको थियो, आर्थिक अवस्था कम्जोर भएर पढ्नलाई समस्या थियो, पूर्वमन्त्री आले ज्यूले एक लाख आर्थिक सहयोग गर्नु भएको छ, अब पढाईमा सहज हुने छ ।” पूर्वमन्त्री आलेले एमबिबिएस पढाईका लागि आर्थिक सहयोग गर्नु भएपछि अहिले शिबिको घर परिवार हित पुरै गाउँमा खुशीयाली छाएको अर्का स्थानीय रुपेन्द्र धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “शिबिको एमबिबिएस पढाईमा सहयोग पुर्याउन प्रेम आले ज्यूले आर्थिक सहयोग गरेको खबर सुनेपछि अहिले शिबिको घर परिवार तथा गाउँमा खुशीयाली छाएको छ, हामी सबै खुशी छौँ, एउटा गरिब परिवारको भाई डाक्टर हुने भयो ।”