२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
Auto Draft गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन छक्का हान्नेबित्तिकै रोहितले धोनीलाई पछि पार्नेछन्



अ+ अ-

एजेन्सी । अफगानिस्तानविरुद्धको तीन खेलको टी–२० सिरिज जितेर रोहित शर्मा अहिले इंग्ल्याण्डविरुद्धको टेष्ट सिरिजको तयारीमा व्यस्त छन् ।

इंग्ल्याण्डले जनवरी २५ मा भारतमा पाँच टेस्टको सिरिज खेल्नेछ । यो सिरिजमा रोहित शर्मासँग भारतीय पूर्व कप्तान एमएस धोनीको कीर्तिमान ध्वस्त गर्ने सुनौलो मौका छ ।

रोहित शर्माले इंग्ल्याण्डविरुद्ध ३ छक्का प्रहार गरे भने उनी अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी छक्का प्रहार गर्ने भारतका कप्तान बन्नेछन् । अहिले यो सूचीमा पूर्व भारतीय कप्तान महेन्द्र सिंह धोनी पहिलो स्थानमा छन् । धोनीलाई पछाडि छोड्न रोहित शर्मा मात्र तीन छक्का टाढा छन् ।

धोनीले कप्तानको रूपमा ३११ इनिङ्समा २११ छक्का प्रहार गरेका छन् । योसँगै रोहित शर्माले अहिलेसम्म ११६ इनिङ्समा २०९ छक्का प्रहार गरेका छन् । विराट कोहली २५० इनिङ्समा १३८ छक्कासहित तेस्रो स्थानमा छन् ।




भर्खरै