२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनमा रुसी मिसाइल आक्रमण: ५ जनाको मृत्यु, ४० घाइते



फाईल फोटो
अ+ अ-

एजेन्सी । युक्रेनमा रुसको मिसाइल आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका आन्तरिकमन्त्री इहोर क्लाइमेन्कोले बताउनुभएको छ ।

पूर्वी शहर खार्किभमा तीन जनाको मृत्यु भएको थियो । जहाँ मिसाइलले दुईवटा अपार्टमेन्ट भवनमा प्रहार गरेको थियो । मध्य युक्रेनको पाभ्लोहराद शहरमा एक जनाको र किभमा अर्का एक जनाको मृत्यु भएको थियो । कीभमा १८ जना घाइते भएका छन् । जसमा १३ जना अस्पतालमा भर्ना भएका छन् ।

युक्रेनी वायुसेनाले रुसले आक्रमणमा १५ क्रुज मिसाइल र १२ ब्यालिस्टिक मिसाइलसहित ४१ मिसाइल प्रयोग गरेको बताएको छ । एयर डिफेन्सले सबै क्रूज मिसाइल, पाँच ब्यालेस्टिक मिसाइल र एउटा गाईडेड एभिएसन मिसाइल खसालेको बताएको छ । हवाई आक्रमणले युक्रेनमा रुसले एक महिनाभन्दा कम अवधिमा चौथो ठूलो हमला गरेको छ ।