२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रन्किए रोहितः ‘म भिसा अफिसमा बसिरहेको छैन’



अ+ अ-

एजेन्सी । भारत र इंग्ल्याण्डबीचको पाँच खेलको टेष्ट शृंखला जनवरी २५ बाट सुरु हुँदैछ । यस सिरिजको पहिलो खेल हैदराबादको राजीव गान्धी स्टेडियममा हुनेछ ।

इंग्ल्याण्डका स्पिनर शोएब बशीरले भारतविरुद्धको सिरिजका लागि भारतीय भिसा नपाएका कारण उनी इङ्ल्यान्ड फर्किएका छन् ।

इङ्लिस टोलीका कप्तान बेन स्टोक्स पनि शोएब बसिरले भारतको भिसा नपाएपछि निकै निराश छन् । यसै क्रममा भारतीय कप्तान रोहित शर्माले शोएबको स्वदेश फर्किएको पत्रकार सम्मेलनमा यस्तो रमाइलो जवाफ दिएका छन्, जुन सुनेर सबैले हाँसो रोक्न सक्ने छैनन् ।

वास्तवमा २० वर्षीय शोएब बशीरले इंग्ल्याण्डको घरेलु क्रिकेटमा १८ खेल खेलेका छन् जसमा उनले कुल १७ विकेट लिएका छन् । सोएब इंग्लिस काउन्टीमा समरसेटबाट खेल्छन् र अबु धाबीमा टोलीसँग थिए, तर भारतीय भिसा नपाएका कारण उनी हैदरावाद पुग्न सकेनन् ।

यसैबीच, कप्तान रोहित शर्माले पत्रकार सम्मेलनमा शोएबको बारेमा सोधिएको प्रश्नको हास्यास्पद जवाफ दिए ।

रोहित शर्माले भने – ‘म शोएबको पीडा बुझ्न सक्छु, तर म भिसा अफिसमा सबै जानकारी दिन बसेको छैन, तर मलाई आशा छ कि उसले छिट्टै भिसा पाउनेछ र उसले हाम्रो देशमा धेरै रमाइलो गर्नेछ ।’

बेन स्टोक्सले भनेका छन्, ‘एक कप्तानको हैसियतले म यो देखेर निकै निराश छु । हामीले डिसेम्बरको मध्यमा टोली घोषणा गरेका थियौं र अहिले बशीरले यहाँ आउन भिसा पाएका छैनन् । यस्तो गर्ने उनी पहिलो क्रिकेटर भने होइनन् । मैले धेरै मानिसहरूसँग खेलेको छु जसलाई समान समस्याहरू छन् । मलाई यो निराशाजनक लाग्छ कि हामीले एक खेलाडी छनोट गरेका छौं र भिसा समस्याका कारण उनी हामीसँग छैनन् ।’