एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले जित निकालेको छ ।
बुधबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई उसकै मैदानमा २-० गोलले पराजित गरेको हो ।
लिभरपुललाई जित दिलाउन खेलको ५४ औं मिनेटमा डिओगो जोटाले तथा ६२ औं मिनेटमा रोबर्टो फिर्मिनोले गोल गरे ।
जितसँगै लिभरपुलले शीर्ष स्थानको म्यान्चेस्टर सिटीसँग १ अंकले मात्र आफूलाई पछि राखेको छ ।
सिटीको २९ खेलबाट ७० अंक रहँदा लिभरपुलको समान खेलबाट ६९ अंक छ । यता पराजित आर्सनल २७ खेलबाट ५१ अंकसहित चौंथो स्थानमा छ ।












